Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब ३ किसिमका म्यानपावर : धरौटीमा फेरि परिमार्जन, कामदार पठाउन नसके म्यानपावर खारेज

काठमाडौं : वैदशिक रोजगारका लागि खोखिएका म्यानपावर कम्पनीको धरौटी फेरि परिमार्जन गरिएको छ। सोमबार बसेको कानून समितिको बैठकले म्यानपावर कम्पनीलाई तीन भागमा वर्गीकरण गर्दै धरौटी रकम परिवर्तन गरेर पेश गर्ने निर्णय गरेको हो।

समितिको निर्णय अनुसार वार्षिक ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद र डेढ करोड बैंक ग्यारेन्टी, ३ हजारदेखि ५ हजारसम्म कामदार वार्षिक पठाउने म्यानपावर कम्पनीले १ करोड नगद र दुई करोड बैंक ग्यारेन्टी र ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था गरेको हो ।

यसअघि सरकारले ५ हजारभन्दा बढी पठाउनेको ६ करोड र त्यो भन्दा कम पठाउनेलाई ३ करोड धरौटी राख्नु पर्ने भन्दै संसदमा विधेयक दर्ता गरेको थियो।

यस्तै वार्षिक एक सय जना पनि कानमदार नपठाउने म्यानपावर कम्पनीलाई एक पटक अवसर दिने र अर्को वर्ष पनि १ सय जना कामदार पठाउन नसके म्यानपावर खारेज गर्ने व्यवस्था पनि गर्ने निर्णय गरेको छ।

एक घरका परिवारले एउटाभन्दा बढी म्यानपावर कम्पनी सञ्‍चालन गर्न नपाउने र त्यस्तो भए ६ महिनाभित्रमा मर्ज गर्न समय दिने निर्णय पनि कानून समितिले गरेको छ।

समितिले यो विधेयक मंगलबार बस्‍ने संसदमा पेश गर्ने पनि निर्णय गरेको छ । यसअघि सबै म्यानपावर कम्पनीको धरौटी सात लाख रुपैयाँ नगद र २३ लाख बराबरकाे बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था रहेको थियो।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्