Logo
७ बैशाख २०८१, शुक्रबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ वर्षीया बालिकाको बलात्कार, घटना सार्वजानिक हुने डरले यसरी गरे हत्या

उदयपुर : उदयपुरको रौतामाइ गाउँपालिका-३ लाफागाउँकी १३ बर्षीय बालिका एल्जिना खड्का मृत अवस्थामा फेला परेकी छन् । शनिबार दिउँसो बाख्रा चराउन गएकी उनलाई आईतबार साँझ खरबारीमा मृत अवस्थामा फेला पारिएको हो ।

मुखमा कागज कोचेको र शरीरका लुगा खोलिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । बलात्कारपछि घटना सार्वजानिक हुने डरले बालिकाको हत्या गरिएको हुन सक्ने आशंकामा केही ब्यक्तिमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थल पठाइएको छ । घटनास्थल सदरमुकामबाट ७५ किलोमिटर उत्तर विकट गाउँमा पर्छ ।

त्यस्तै काभ्रेमा हराएकी भनिएकी बालिकाको मृत अवस्थामा शव भेटिएको छ । काभ्रेकी एक ११ वर्षीय बालिका महिना दिनदेखि बेपत्ता थिइन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका-११ गैराथोक घर भई वडा-१० स्थित उमा सहशिक्षालय उच्च माविमा अध्ययनरत बालिका महिना दिनदेखि बेपत्ता थिइन् ।

कक्षा ५ मा अध्ययनरत ११ वर्षकी बालिका सुनमाया तामाङ २७ पुसदेखि भक्तपुरबाट हराएकी थिइन् । सोही विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका लागि भक्तपुर गएकी उनी भक्तपुर दरबार स्क्वायर अवलोकन गर्न जाने क्रममा सो स्थानबाट हराएकी थिइन् ।

उनको अवस्थाबारे महिनौँ दिनसम्म धेरै टीकाटिप्णी गरिए पनि उनी कुन अवस्थामा कहाँ त्यतिका दिन बेपत्ता भइन् र अन्ततः उनको शव कुन अवस्थामा फेला परेको भन्ने बारे भने अझै खुल्न सकेको छैन ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्