Logo
१५ चैत्र २०८०, बिहीबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेविसंघको तर्दथ समिति बनेपछि वर्तमान कार्यसमिति भंग, अध्यक्ष महरले दिए पदबाट राजीनामा

काठमाडौं : नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले आफुलाई दबाब आएपछि पदबाट राजीनामा दिएका छन् ।

पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले सोमबार पदबाट राजीनामा दिएका हुन् । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले महराले सोमबार सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको जानकारी दिए ।

नेविसंघको तर्दथ समिति बनेपछि वर्तमान कार्यसमिति स्वतः भंग भएको छ । अब पार्टी नेतृत्वले राजीनामा स्वीकृत गरेपछि तदर्थ समिति गठन गरिने बुझिएको छ ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्