Logo
१५ चैत्र २०८०, बिहीबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीमा आलोचना बढेपछि नेविसंघ सभापति नैनसिंह महरले दिए राजीनामा

काठमाडौँ : नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले राजीनामा दिएका छन् । कांग्रेस केन्द्रीय समिति बैठक जारी रहेको सानेपास्थित कार्यालयमा पुगेर महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् ।

आफ्नो कार्यकाल सकिएर पनि १२ औँ महाधिवेशन गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला महरको राजीनामा आएको हो ।

महरले नेविसंघलाई लिएर मातृपार्टी भित्र पनि फरक फरक मत भएपछि राजीनामा दिनुपरेको बताएका छन् । नेविसंघको महाधिवेश दुई पटकसम्म गर्ने तयारी भए पनि महर असफल भएका थिए ।

महर ११ औँ महाधिवेशनबाट नेविसंघ सभापति भएका थिए । उनको दुई वर्षे कार्यकाल पुरा भएर पनि ५ महिना बढी भइसकेको छ ।

 

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्