Logo
८ बैशाख २०८१, शनिबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुरको कार्पेट गोदाममा लागेको आगो नियन्त्रणमा, करोडौकोे क्षति

काठमाडौं : ललितपुरको भैंसेपाटी-२५ मा रहेको बीएनआरओ ट्रेडर्सको गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ । घटनास्थलमा खटिएका ललितपुर प्रहरी परिसरका डीएसपी अपिलराज बोहराले आगो नियन्त्रणमा आएको बताएका छन् । बोहराले भने, ‘केहीवेर अघि आगो नियन्त्रणमा आएको छ । थप अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार गोदाममा कार्पेट राखिएको थियो । दिउँसो करिब १ बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगलागी भएको खबर आएलगत्तै काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल त्यहाँ पुगेका थिए । ट्रेडर्सका सञ्चालकले करिब ४ करोड रुपैयाँ क्षति भएको दाबी गरेका छन् ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्