Logo
७ बैशाख २०८१, शुक्रबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसिया पुगेका धुर्मूस-सुन्तली टिमलाई नेपाल फर्किन हम्मेहम्मे

काठमाण्डौं : अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण गर्न लागिरहेको सिताराम कट्टेल–कुञ्जना घिमिरे उर्फ धुर्मुस-सुन्तली मलेसिया गएर रित्तो हात फर्किएका छन् । धुर्मुस-सुन्तली फाउण्डेसन अन्तर्गत् अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि सहयोगार्थ मलेसियामा आयोजना गरिएको कार्यक्रममा थोरै पैसा उठेपछि उनीहरु रित्तो हात फर्किएका हुन् ।

डा. एलिया अर्यालको ट्वीटअनुसार कार्यक्रममा उठेको पैसाले प्लेनमा नेपाल फर्किन पनि धूर्मुस–सुन्तली लगायतको टिमलाई हम्मेहम्मे पर्ने अवस्था देखिएको हो । कार्यक्रममा सहभागी कलाकारहरुलाइ पारिश्रमिक दिने रकम पनि नउठेको उक्त ट्वीटको दाबी छ । एक त धुर्मुस सुन्तलिले गर्ने यो कामको अहिले चौतर्फी आलोचना र प्रसंशा दुवै भईरहेको छ ।

सर्वसाधारण जनताबाट लगानि उठाएर विकास निर्माणका काम धुर्मूस सुन्तलीले गर्ने अनि सरकारलाइ हस्तान्तरण गर्ने भएपछि यो कामको चर्को विरोध र आलोचना भईरहेको छ ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्