Logo
८ बैशाख २०८१, शनिबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज प्रमिस डे : आफ्ना जीवनसाथीसँग गर्नुहोस् यी सुन्दर ६ वाचा

काठमाडौँ :  प्रणय दिवस सप्ताहको पाचौँ दिनलाई ‘प्रमिस डे’ का रुपमा मनाइँने गरिन्छ । यो त्यो दिन हो जब प्रेममा डुबेका जोडीहरुले एक अर्काप्रतिको सम्बन्धलाई सधैँ प्यारो बनाइ राख्न बाचा गर्ने गर्दछन् । एक स्वस्थ र खुशी सम्बन्ध प्रेम र विस्वासमा अडिएको हुन्छ । सम्बन्धलाई प्रगाढ बनाउनका लागि जीवनसाथीमा भरोसा र उनको भावनाको इज्जत गर्न अति आवश्यक छ ।

यदि तपाईँको पनि जीवनमा कुनै यस्ता व्यक्ति छन् जससँग तपाईँ आफ्नो जीवन व्यतित गर्न चाहनुहुन्छ भने केही वाचा पूरा गर्नुपर्छ ताकि विस्वास अझै बलियो भएर जाओस् । प्रमिस डे मा गरिने केही वाचाहरु जसले सम्बन्ध सुमधुर बनाउँछ

म तिमिलाई सधैँ प्रेम गर्नेछु
हरेक सम्बन्ध समय अनुसार बदलिन्छ । कुनै सम्बन्धमा प्रेमको साटो तनाव पनि आउन सक्छ तर आफ्नो सम्बन्धलाई सधैँ फ्रेश बनाइ राख्न आवश्यक हुन्छ । जीवनका हरेक पलहरुमा सम्बन्धलाई सबैभन्दा धेरै प्राथमिकता दिनु उत्तम हुन्छ ।

जीवनसाथीलाई कति धेरै प्रेम गरिन्छ भन्ने कुरा कुनै न कुनै माध्यमबाट एक अर्कालाई थाहा दिनुपर्छ । पार्टनरलाई सधैँ प्रेम गर्ने र सम्बन्धको चमकतालाई कमजोर नपार्ने वाचा र त्यही अनुरुप व्यवहार गर्नु राम्रो हुन्छ ।

म कहिल्यैँ बदलिने छैन
कतिपय मानिसहरु सम्बन्धमा आएसँगै बदलीने पनि हुन्छन् । यो सम्बन्ध बिच्छेदको कारण पनि बन्न सक्छ । त्यसैले पार्टनरलाई आफू नबदलिने कुरामा भरोसा दिलाउनुपर्छ ।

सधैँ तिम्रो साथ दिनेछु
जीनवमा जस्तो सुकै परिस्थिति आएता पनि जीवनसाथीको साथ कहिल्यै नछोड्ने वाचा गर्नु राम्रो हुन्छ अप्ठ्यारो परिस्थितिमा साथ दिने कुरामा विश्वास दिलाउन सक्नुपर्छ ।

एक अर्काको सल्लाह अनुसार निर्णय लिनेछौँ
जिन्दगीको हरेक सानो ठूलो फैसला अथवा निर्णयमा एकअर्काको सल्लाह अति आवश्यक हो । फैसला चाहे परिवारको विषयमा होस् अथवा करियरको पार्टनरको सल्लाह र सहमति अवश्य लिनुपर्छ ।

दुवै परिवारको पूरा इज्जत गर्नेछौँ
महिला या पुरुष दुवैलाई आफ्नो परिवारप्रति धेरै प्रेम र लगाव हुनु स्वभाविक हो । हरेक व्यक्ति यो चाहन्छ कि उनको पार्टनरले परिवारका सबै सदस्यको इज्जत गरोस् । त्यसैले परिवारको इज्जत गर्नेछौँ भनि गरिने वाचा व्यवहारमा पनि लागु गर्न आवश्यक रहन्छ ।

तिम्रो हरेक आवश्यकतामा साथ रहने छु
खुशीका पलहरुमा मात्र होइन हरेक दुःखका क्षणहरुमा पनि पार्टनरको सहारा बन्ने प्रमिस गर्नुपर्छ । पार्टनरको दुःखलाई आफ्नो दुःख सम्झेर सहयोग गर्न सकियो भने प्रेमिल जीवन निकै नै आनन्ददायी बनाउन सकिन्छ ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्