Logo
१३ बैशाख २०८१, बिहीबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि श्रीमतीको नाम लिएर कडा प्रहार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आन्ध्र प्रदेशको गुंटूरमा राज्यमा मुख्यमन्त्री चन्द्रबाबू नायडूलाई ‘लोकेशका पिता’ भनेर सम्बोधन गरे ।

यसको जवाफमा चन्द्रबाबू नायडूले प्रधानमन्त्री मोदीकी श्रीमतीको कुरा उप्काउँदै तिखो प्रहार गरेका छन् । नायडूले प्रधानमन्त्री मोदीमाथि आक्रामक हुँदै भने, ‘तपाईँ आफ्नी श्रीमतीबाट अलग बस्नु हुन्छ । परिवारको मूल्य–मान्यताप्रति तपाईँको मनमा कुनै आदर छ होला ?’

नायडूले आफू आफ्नो परिवारलाई माया गर्ने बताए । प्रधानमन्त्री मोदीसँग न परिवार न त छोरा नै रहेको नायडूले बताए । उनले भने, ‘जब तपाईँ मेरो छोराका बारेमा बोल्नु हुन्छ भने मैले पनि तपाईँकी श्रीमतीको कुरा उप्काएँ ।’

उनले भने ‘के सर्वसाधारणलाई थाहा छ, नरेन्द्र मोदीकी श्रीमती छन् ? उनको नाम जसोदाबेन हो भन्ने कतिलाई थाहा छ ?’  नायडूले विजयवाडामा भएको एक जनसभामा यस्तो बताएका हुन् ।

प्रधानमन्त्री मोदीले देशलाई अधोगतिमा धकेलेको आरोप नायडूले लगाए । पुरानो नोटमाथि लगाइएको प्रतिबन्ध ‘पागलपन’ युक्त फैसला रहेको उनको भनाई छ ।


प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्