Logo
१५ चैत्र २०८०, बिहीबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाडीको सोरुम उद्घाटन गर्न हेलिकोप्टरमा ओखलढुंगा पुगे मुख्यमन्त्री शेरधन राई

ओखलढुंगा : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई महिन्द्रा कम्पनीको सोरुम उद्घाटन गर्न हेलिकोप्टर चढेर ओखलढुंगा आएका छन् । सिद्धिचरण नगरपालिका वडा नम्बर ५ वर्णालुमा रुम्जाटार अटोमोवाइल्स प्रालिले सञ्चालन ल्याएको सोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार आएका हुन् ।

मुख्यमन्त्री राई प्रदेश सभाका सांसद अम्बिरबाबु गुरुङसहित सोलुखुम्बुको पत्तालेमा केही समय हेलिकोप्टर राखेर हिमपात भएको क्षेत्र र महालंगुर हिमश्रृंखला अवलोकनपछि रुम्जाटार आएका थिए ।  उनी महेन्द्रा कम्पनीका प्रतिनिधि, सांसद गुरुङसहित रुम्जाटार विमानस्थलमा समिट हेलिकोप्टरबाट दिउँसो रुम्जाटार १२ः३० बजे आएर सोरुम उद्घाटनपछि ४ः३० बजे काठमाडा्ैं फर्किएका थिए ।

उक्त रुम्जाटार अटोमोवाइल्स कम्पनीमा प्रदेश सभाका सांसद गुरुङको मुख्य लगानी रहेको बुझिएको छ । गुरुङकै पहलमा मुख्यमन्त्री राई उक्त कम्पनीको सोरुम उद्घाटन गर्न आएका हुन् । यसअघि थाइल्याण्ड हुँदै अमेरिका जाँदा पनि मुख्यमन्त्री राई सांसद गुरुङकै खर्चमा अमेरिकासम्म पुगेको आरोप लगेको थियो ।

निजी कम्पनीको उद्घाटन गर्न मुख्यमन्त्री नै आउनु उयपुक्त नभएको सरोकारवाले बताएका छन् । नेकपाका नेता बाबुराम गौतमले समग्र प्रदेशको विकास निर्माणमा असर पर्ने गरी स-साना काममा मुख्य मन्त्री कुद्न उपयुक्त नभएको बताए । उनले भने, ‘सबै क्षेत्रमा पुगेर जनताको अवस्था र विकासबारे बुझ्नु उपयुक्त हो, तर समानुपातिक हिसावले सबै ठाउँ जानुपर्छ ।’

मुख्यमन्त्री भएपछि राई ओखलढुंगा तीन पटक आइसकेका छन् । तर नेकपाका कार्यकर्ता भने उनको भ्रमणमाथि प्रश्न उठाउँदै आएका छन् । सदरमुकाममै आउँदा उनी नेकपाको कार्यालय भने पुगेनन् ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्