Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङमा सम्पन्न महायज्ञबाट डेढ भयो करोड सङकलन

दाङ : विद्यालय सुधारका लागि गत माघ ३ देखि ११ गतेसम्म दाङको घोराहीमा सम्पन्न महायज्ञबाट आयोजकले सबै खर्च कटाउँदा डेढ करोड बचत भएको छ । महायज्ञ मूल आयोजक समितिले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी महायज्ञको आयव्यय सार्वजनिक गरेको हो ।

विद्यालयको भौतिक सुधार र प्राविधिक कक्षा सञ्चालनका लागि बराह क्षेत्र माध्यामिक विद्यालयले आयोजना गरेको महायज्ञमा एक करोड ५० लाख बचत भएको समितिका निर्देशक अर्जुन बुढाथोकीले जानकारी दिए ।

आयोजकले सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने भन्दै महायज्ञ सञ्चालन गरेको थियो । जसमा एक करोड ९१ लाख २७ हजार सङ्कलन भएको थियो । त्यस्तै, कलाकार, ब्राम्हण, बाचक, सूचनालगायत विषयमा ४० लाख ७२ हजार खर्च भएको आयोजकले जनाएको छ । महायज्ञकी संयोजक विमला योगीले सामुदायिक विद्यालयको भौतिक सुधार र प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरेको महायज्ञ सफल भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्