Logo
१३ बैशाख २०८१, बिहीबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई दिएको समर्थन फिर्ता लियौँ, अहिले हामी विपक्षीमा छौं : लक्ष्मणलाल कर्ण

काठमाण्डौ : राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा प्रमुख सचेतक लक्ष्मणलाल कर्णले सरकारलाई दिएको समर्थनको औचित्य सकिएको बताएका छन् । सरकारप्रति असन्तुष्टी व्यक्त गर्दै उनले भने ‘अब सरकारलाई दिएको समर्थनको औचित्य रहेन । अहिले हामी विपक्षीमा छौं ।’

सरकारले प्रभावकारी काम गर्ने अपेक्षासहित समर्थन गरे पनि नतिजा त्यस्तो नआएको कर्णको तर्क छ । नागरिक टाइम्ससंगको कुराकानीमा उनले प्रधानमन्त्री केपी ओलीबाट गरिएको अपेक्षा पूरा नभएकाले राजपा अहिले विपक्षी दल जस्तै बनिसकेको दावी गरे ।

“हामीले राखेका माग पूरा गराउनका लागि ज्ञापनपत्र बुझायौँ । प्रधानमन्त्रीसँग पटकपटक भेट्यौँ । तर अहिलेको सरकारलाई राजपाको समर्थन छैन” उनले भने । नेता कर्णले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार नदिएकाले संघीयता नै संकटमा पर्ने संभावना सकेत रहेको बताए ।

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्