Logo
१२ बैशाख २०८१, बुधबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरले जग्गा संरक्षण तथा पार्क निर्माणका लागि दियो प्रतिनगर १ करोड

काठमाडौं : काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ९ वटा नगरपालिकालाई प्रतिनगर १ करोडका दरले रकम सहयोग गरेको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा महानगरले नगर साझेदारी कार्यक्रमअन्तर्गत नगरपालिकाहरुलाई ९ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

महानगरपालिकााक मेयर विद्यासुन्दर शाक्यले काठमाडौंभित्रका कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी र दक्षिणकाली नगरपालिकालाई प्रतिनगर १ करोड रुपैयाँ हस्तान्तरण गरे ।

महानगरले उपलब्ध गराएको उक्त रकमबाट सम्बन्धित नगरपालिकाहरुले हरियाली प्रबर्धन, सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणका लागि खर्च गर्नु पर्नेछ ।

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्