Logo
७ बैशाख २०८१, शुक्रबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रालयमा धर्ना बसेका सरकारी डाक्टरमाथि लाठीचार्ठ, डा.पाण्डेसहित २ दर्जन चिकित्सक पक्राउ

काठमाडौ : कर्मचारी समायोजनको व्यवस्थाप्रति असहमति जनाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले धर्नामा बसेका २० भन्दा बढी डाक्टरलाई नियन्त्रणमा लिएको छ । सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा.दीपेन्द्र पाण्डेसहित करिब दुई दर्जन सरकारी चिकित्सकलाई पक्राउ गरी प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

गोदानले यसअघि नै कर्मचारी समायोजनको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार आइतबार मन्त्रालयमा घेराउ गर्न गएका उनीहरु मन्त्री र सचिवको कार्यकक्ष भएकै तल्लामा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

कर्मचारी समायोजनको विषयलाई लिएर मन्त्रालयसित पहिले नै सम्झौता भए पनि त्यसलाई कार्यान्वयन नगरेपछि विरोध प्रदर्शन गरेको गोदानका महासचिव डा. रविन खड्काले जानकारी दिए ।

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्