Logo
७ बैशाख २०८१, शुक्रबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर श्रीपञ्चमीको रौनक : कँही मूर्ति अनावरण, कतै सना बालबालिकाको अक्षर आरम्भ (तस्विरहरु)

वसन्त पञ्चमीका अवसरमा आइतबार थरी थरीका तस्विरहरु देखिएका छन् । तुलसीपुर– ४ स्थित गुरुजजुर माविमा रु सात लाख लागतमा निर्माण भएको सरस्वतीको मन्दिरमा मूर्ति अनावरण तथा मन्दिरको उद्घाटन गरिएको छ ।

वसन्त पञ्चमी अर्को नाम श्रीपञ्चमीको अवसरमा आइतबार काठमाडौँको लाजिम्पाटस्थित नीलसरस्वती मन्दिरमा सना बालबालिकाको अक्षर आरम्भ गरेको तस्विरले पनि उतिकै मोहित बनाएको छ ।

हेर्नुहोस् थप तस्विरहरु : 

 

सरस्वती पुजाका दिन बिद्यालयबाट प्रदान गरिएको २ मेडल पाएर मन्दमुस्कान अनुहारमा विद्यालय प्राङ्गणमा देखिएकी LKG की बिद्यार्थी एन्जल मेहता ।तस्विर : शिला महतो
आइतबार काठमाडौँको लाजिम्पाटस्थित नीलसरस्वती मन्दिरमा भक्तजन । आजको दिनमा सना बालबालिकाको अक्षर आरम्भ गरिन्छ । तस्बिर : रोशन सापकोटा
लाजिम्पाटस्थित नीलसरस्वती मन्दिरमा अक्षर कोर्दै ।आजको दिनमा सना बालबालिकाको अक्षर आरम्भ गरिन्छ । तस्बिरः रोशन सापकोटा
सरस्वती पूजाको अवसरमा कैलालीको टीकापुरस्थित शक्तिदेवी प्राथमिक विद्यालयमा थारु पोशाकमा नृत्य गर्दै बालिका । तस्वीरः दुर्गा देवकोटा लम्की, कैलाली
सरस्वती पूजाको अवसरमा आइतबार तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालय प्राङगणमा निर्माण गरिएको सरस्वतीको मन्दिरमा लामबद्ध विद्यार्थी ।
तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ)
लाजिम्पाटस्थित नीलसरस्वती मन्दिरमा अक्षर कोर्दै ।आजको दिनमा सना बालबालिकाको अक्षर आरम्भ गरिन्छ । तस्बिर : रोशन सापकोटा
वसन्त पञ्चमीका अवसरमा आइतबार तुलसीपुर– ४ स्थित गुरुजजुर माविमा रु सात लाख लागतमा निर्माण भएको सरस्वतीको मन्दिरमा मूर्ति अनावरण तथा मन्दिरको उदघाटन गर्नुहुँदै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोइराला । तस्वीरः बालाराम खडका तुलसीपुर, दाङ
वसन्त पञ्चमीका अवसरमा आइतबार तुलसीपुर– ४ स्थित गुरुजजुर माविमा रु सात लाख लागतमा निर्माण भएको सरस्वतीको मन्दिरमा मूर्ति अनावरण तथा मन्दिरको उदघाटन गर्नुहुँदै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोइराला । तस्वीरः बालाराम खडका तुलसीपुर, दाङ
लाजिम्पाटस्थित नीलसरस्वती मन्दिरमा भक्तजन । आजको दिनमा सना बालबालिकाको अक्षर आरम्भ गरिन्छ । तस्बिर : रोशन सापकोटा

लाजिम्पाटस्थित नीलसरस्वती मन्दिरमा भक्तजनको भीड । तस्बिर : रोशन सापकोटा
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० काङ्गलमा आइतबार पञ्चकन्या मन्दिरको शिलान्यास गर्न आउनुभएका तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई स्वागत गर्दै स्थानीय पञ्चकन्या । तस्वीर : राजकुमार पराजुली, काभ्रेपलाञ्चोक

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्