Logo
८ बैशाख २०८१, शनिबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असई बनाइदिन्छु भन्दै ५ लाख रुपैयाँको डिल गर्ने भण्डारी पक्राउ

काठमाडौँ : नेपाल प्रहरीको असइ बनाइदिन्छु भन्दै घुस लिने तारकेश्वर काभ्रेस्थली-२ का नवराज भण्डारी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार काभ्रेस्थलीबाटै पक्राउ गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

भण्डारीले धनुषाका उदयकान्त साहलाई प्रहरीको असइ बनाइदिन्छु भन्दै उनीसँग ७० हजार रुपैयाँ घुस लिएका थिए । साहको उजुरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार साहसँग दुई महिनाअघि ७० हजार घुस लिएका थिए, जुन एडभान्सबापतको रकम थियो । असइमा नाम निस्केपछि ४ लाख ३० हजार रुपैयाँ लिने दुई पक्षबीच सहमति थियो । उनीहरुबीच ५ लाख रुपैयाँको डिल भएको प्रहरीले जनाएको छ । पत्रपत्रिकाबाट

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्