Logo
१२ बैशाख २०८१, बुधबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढुवा सिफारिसमा अन्याय गरिएको भन्दै एसपी उप्रेतीले बुझाए राजीनामा

काठमाडौं : गृह मन्त्रालयले शनिवार साँझ प्रकाशन गरेको बढुवा सिफारिस सूचीप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाल प्रहरीका प्रहरी उपरिक्षक (एसपी) नरेन्द्र उप्रेतीले पद त्याग गरेका छन् ।

एसपी उप्रेतिले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् । एसपीको राजिनामा हेड्क्वार्टर हुँदै गृह मन्त्रालयका सचिवले स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

शनिवार प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बढुवा सिफारिस सुचिमा आफ्ना ब्याचका १४ जना सिफारिस हुँदा उप्रेतीलाई छुटाइएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखामा एक वर्षदेखि कार्यरत उप्रेतीले आफुले पद त्याग्न लागेको बताए । उनले भने, ‘अब संगठनमा बस्दिँन, मैले पद त्याग गर्ने निर्णय लिएको छु ।’

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्