Logo
१३ बैशाख २०८१, बिहीबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिकमद्वारा बागमती सफाइ महाअभियानलाई थप सहयोग

काठमाडौं : नेपाल टेलिकमले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव पारेर बागमती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । टेलिकमले आफ्नो सामाजीक उत्तरदायित्व अन्तर्गत बागमती सफाइ महाअभियान आरम्भ भएको ३सय हप्ता पुगेको अवसर पारेर सो सामग्री हस्तान्तरण गरेको हो ।

मनोहरा दोभानमा आयोजित विशेष कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख आशीष घिमिरेलाई सफाइ सामग्री हस्तान्तरण गरे । साथै कम्पनीले सो कार्यक्रमका लागि मञ्चको व्यवस्थापनसमेत गरेको थियो । सोही अवसरमा बागमती सफाइ महाअभियानलाई सफल बनाउन नेपाल टेलिकमले गरेको योगदानप्रति उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सो प्रशंसा पत्र प्रदान गरका थिए । सरसफाइ अभियानमा प्रयोग गर्नका लागि कम्पनीको लोगो अंकित १२५ थान वाटरप्रुफ ट्रयाकसुट, ४ सय जोर गमबुट, १ सय थान फोहोर तान्ने सुइरो, ५० थान दाँते, ४ सय जोर बाक्लो पञ्जा, १ सय थान डोकोरथुन्से, ५ सय थान मास्क र ५ सय थान कम्पनीको लोगो अंकित क्याप उपलब्ध गराइएको छ ।

नेपाल टेलिकमले बागमती सफाइ महाअभियान शुरु भएको दोस्रो हप्ता देखि नै हरेक हप्ता समूहगत रुपमा आप्mना ग्राहकहरुलाई सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट निःशुल्क एसएमएस पे्रषित गर्दै आएको छ । २०७० जेठ ५ देखि हरेक हप्ता बागमती सफाइ महाअभियान सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्