Logo
१३ बैशाख २०८१, बिहीबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुस्तकालय निर्माणका लागि सांसद पालले दिईन् एक महिना बराबरको पारिश्रमिक

काठमाडौँ : प्रतिनिधिसभा महिला तथा सामाजिक सभापति निरुदेवी पालले कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित गराउन नहुने बताएकी छिन् । कञ्चनपुरको महाकाली बाल विद्यालय माझगाउँ कञ्चनपुरको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पालले शिक्षा नागरिकका नैसर्गिक अधिकार भएको भन्दै वर्तमान सरकारले शिक्षामा हुने खाने र हुँदा खानेबीचको खाडललाई अन्त्य गराउने समेत बताइन् ।

वार्षिकोत्सक कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत चार वर्षिया प्रिया सुनारको शिशु कक्षा देखि माध्यमिक कक्षासम्म अध्ययन गर्न लाग्ने सवै शुल्क आफूले बेहोर्ने बताइन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय सदस्य समेत रहेकी सभापति पालले उक्त विद्यालयको लागि पुस्तकालय निर्माण गर्नका लागि एक महिना बराबरको पारिश्रमिक दिइने समेत बताइन् ।

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्