Logo
१३ बैशाख २०८१, बिहीबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार र भ्यान एक-आपसमा ठोक्किँदा बेलायती यापरको मृत्यु

बेलायती : यापर क्याडेटको कार दुर्घटनामा मृत्यु भएको छ । कन्सर्टमा जाने बेला उनको दुर्घटना भएको बताइएको छ । सिएनएनएका अनुसार २८ वर्षे क्याडेटको वास्तविक नाम ब्लेन जोनसन हो । उनी शनिबार स्टेफोर्डशायरको किले युनिभर्सिटीमा आयोजित एक कन्सर्टमा जाने क्रममा उनी चढेको कार दुर्घटना भएको पुलिसले जानकारी दिएको छ ।

क्याडेटाको इन्स्टाग्राम पेजमा लेखिएको बयानमा भनिएको छ, ‘हामी ब्लेन क्यामरन जोनसन उर्फ क्याडेटको परिवार यो दुःखद खबर साझा गर्छौं कि फेब्रुअरी ९ मा एक कन्सर्टमा जाने क्रममा उनको मृत्यु भएको छ ।’

यसमा थपिएको छ, ‘अहिलेका लागि परिवार तपाईंको धैर्यको सराहना गर्दछ र हामी तपाईंसँग ती सबै जानकारी साझा गर्नेछौं जुन हामी गर्न सक्छौं । सहयोगका लागि तपाईंलाई धन्यवाद ।’ स्टेफोर्डशायर पुलिसका अनुसार उनी चढेको कार र एक भ्यान एक–आपसमा ठोक्किँदा –यापरको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्