Logo
|| February 10, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडका चर्चित भिलेन महेश आनन्द रहेनन्

मुम्बई :  बलिउड उद्योगमा ८० र ९० को दशकका चर्चित भिलेन महेश आनन्दको निधन भएको छ ।

५७ वर्षीय महेशको शव शनिवार यारी रोडस्थित उनकै घरमा भेटिएको हो । उनको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले उनको शवलाई पोस्टमार्टमको लागि कूपर हस्पिटलमा राखेको छ ।

अन्तिम पटक गोविन्दाको फिल्म ‘रंगीला राजा’ मा देखिएका थिए । जुन यसै वर्षको जनवरी १८ मा रिलीज भएको थियो । उनले बलिउडका चर्चित कलाकार गोविन्दा, सनी देओल, सञ्जय दत्त, अमिताभ बच्चन र धर्मेन्द्रसँग काम गरिसकेका थिए । उनी बलिउडमा भिलेनको भूमिका निभाएका कारण निकै चर्चित थिए । उनले ‘कुरुक्षेत्र’, ‘कुली नम्बर वान’, ‘शहंशाह’, ‘स्वर्ग’, ‘थानेदार’, ‘आया तुफान’ र ‘प्यार किया नही जाता’ जस्ता फिल्ममा काम गरिसकेका थिए ।

प्रकाशित मिति: २७ माघ २०७५, आईतवार ११:३४

प्रतिक्रिया दिनुहोस्