Logo
८ बैशाख २०८१, शनिबार
(February 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विस्फोटनपछि यस्तो देखियो अरुण तेस्रो जलविद्युत् आयोजनाको अवस्था, हेर्नुस् ७ तस्बिर

काठमाडौं : प्रदेश नम्बर १ स्थित संखुवासभामा निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा हिजो अज्ञात समूहको नाममा भएको बम विस्फोटनको घटनापछि त्यसको तस्बिरहरु बाहिरिएको छ ।

प्रहरी निरीक्षक रामेश्वर पण्डितका अनुसार बिहीबार राति चिचिला गाउँपालिका-३ पुखुवामा रहेको विद्युत् गृह स्थलमा ३ वटा बम विस्फोट गराइएको थियो ।

घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्याम सारुमगर पनि घटनास्थल पुगेका थिए ।

बम विस्फोटन बाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

हेर्नुस् तस्बिरहरु :


तस्बिर सौजन्य : बिनोद अधिकारी, नेपाल संवाददाता, एएनआई

प्रकाशित मिति: Feb 9, 2019

प्रतिक्रिया दिनुहोस्