Logo
७ बैशाख २०८१, शुक्रबार
(February 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरी भर्नामा संख्यात्मक प्रतिस्पर्धा कम, सेवा त्याग गर्ने भने बढे

काठमाडौं : कुनै बेला युवाको पहिलो रोजाइमा पर्ने नेपाल प्रहरीमा पछिल्लो समय आकर्षण घट्दै गएको छ । एकातिर भर्नामा संख्यात्मक प्रतिस्पर्धा कम हुँदै गएको छ भने अर्कोतिर सेवा त्याग गर्ने पनि बढेका छन् ।

पछिल्लो ६ महिनामा मात्रै २ हजार बढीले सेवा त्यागेका छन् । वेराजगारीको समस्याले च्याप्दै लैजाँदा नेपाल प्रहरीले गत असोजमा ६,२४४ जवानका लागि दरखास्त आह्वान गर्दा ४१,७९६ जनाले मात्रै सेवा प्रवेशको चाहना राखे ।

प्रहरी सहायक निरीक्षक र निरीक्षकका लागि पनि सोचेअनुसार आवेदन परेन । पछिल्लो तीन वर्षमा सबैभन्दा बढी ३ हजार ७ सय ५९ जनाले हवल्दारबाट राजीनामा दिएका हुन् ।

यस आर्थिक वर्षको ६ महिनामा २ हजार बढीले राजीनामा दिँदा आर्थिक वर्ष सकिदासम्म यो संख्या ५ हजार हाराहारी पुग्ने अनुमान छ । पूर्वप्रहरीलाई सुरक्षा सम्वद्ध स्वदेशी-विदेशी कम्पनीले आकर्षक सेवा–सुविधा दिने भएकाले पनि राजीनामा दिनेको संख्या बढ्दै गएको प्रहरीको विश्लेषण छ ।

सेवा त्याग गर्ने अधिकांश विदेश जाने गरेका छन् । पूर्वप्रहरी अधिकारी भने आन्तरिक असन्तुष्टी, उच्च अधिकारीको ब्यवहार, अबसरमा विभेदजस्ता कारणले प्रहरीमा आकर्षण घट्दै गएको बताउँछन् ।

आन्तरिक समस्या समाधानमा अध्ययन नहुँदा योक्रम अझै बढ्ने तिनको बुझाई छ । नेपाल प्रहरीमा अहिले ७५ हजार ९ सय २७ जनशक्ति छ । जुन जनसंख्याअनुसार अपर्याप्त हो भन्छन् उच्च प्रहरी अधिकारी नै ।

देश संघीय संरचानामा गएसँगै ७५३ स्थानीय तहमै स्थापित कार्यालयमा जनशक्ति व्यवस्थापन गर्नुपर्ने दायित्व रहेको प्रहरीमा क्रमशः घटेरहेको आकर्षणले संगठनकै पुनःसंरचना गर्नुपर्ने आवश्यकतामा जोड दिन्छन् सुरक्षा विज्ञ पनि ।

प्रकाशित मिति: Feb 9, 2019

प्रतिक्रिया दिनुहोस्