Logo
१५ चैत्र २०८०, बिहीबार
(February 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुकको म्यासेन्जरमा नयाँ फिचर : अब पाउने व्यक्तिले नदेख्ने गरी मेसेज डिलिट हुने

फेसबुकले मेसेज डिलीट गर्न सकिने नयाँ फिचर बनाएको छ । अब तपाइले पठाएको मेसेज पाउने मान्छेले नदेख्ने गरी हटाउन सकिने छ । यो भन्दा पहिला पठाउने व्यत्तिले मेसेज डिलिट गरे पनि पाउने व्यत्तिले देख्न मिल्थ्यो तर अब पाउने प्रापकले नदेख्ने गरी पनि मेसेज डिलिट गर्न मिल्नेछ ।

तर यो तर मेसेन्जरमा पठाइएका मेसेजहरु निश्चित समयमा डिलिट गरिसक्नु पर्नेछ । पठाएको १० मिनेट भित्रमा मात्रै डिलिट गर्न चाहेको मेसेज प्रापकले नदेख्ने गरी हटाउन सकिने छ । नत्र सो मेसेज पाउने व्यक्तिको च्याटबक्सबाट हट्ने छैन् ।

फेसबुकका सीईओ मार्क जुकरबर्गले आफ्नो च्याटबक्समा भने यो फिचर लामो समयदेखि नै उपलब्ध राखेका थिए । जुकरबर्गले कसैलाई पठाएका मेसेजहरु प्रापकको च्याटबक्सबाट समेत हटाइदिने गरेको कुरा सार्वजनिक भएसँगै फेसबुक प्रयोगकर्ताहरुले यस्तो फिचर सबैका लागि उपलब्ध गराउन माग गरेका थिए ।

त्यसपछि मंगलबार आएर फेसबुकले यो फिचर सबै फेसबुक प्रयोगकर्ताका लागि सार्वजनीक गरेको हो । तर सबै प्रयोगकर्ता हरुमा यो फिचर अपडेट हुन केहि समय लाग्ने जनाइएको छ ।

प्रकाशित मिति: Feb 9, 2019

प्रतिक्रिया दिनुहोस्