Logo
१५ चैत्र २०८०, बिहीबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचारका क्रममा बिरामीको मृत्यु, आफन्तले अस्पतालमा तोडफोड

चितवन : चितवन भरतपुरको मनकामना अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएपछि आफन्तले तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षका कृष्णप्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

रुखको घाँस काट्ने क्रममा लडेका भुसालको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । पीडितका आफन्तले उपचारमा अस्पतालले लापरबाही गरेका कारण घाइतेको मृत्यु भएको आरोप लगाएका छन् ।

तोडफोडबाट अस्पतालको रिसेप्सनको सीसा फुटेको छ भने कागजपत्र च्यातिएको छ । तोडफोडबाट करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Feb 8, 2019

प्रतिक्रिया दिनुहोस्