Logo
७ बैशाख २०८१, शुक्रबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्माणाधीन अरुण तेस्रो आयोजनाको विद्युत गृहमा बम बिस्फोट

संखुवासभा : प्रदेश स्थित संखुवासभाको निर्माणाधीन अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थलमा बम विस्फोट गराइइएको छ । ९ सय मेगावाटको चिचिला गाउँपालिका-३ पुखुवास्थित सो विद्युत गृहस्थलमा बिहीबार राति अज्ञात समुहले तीन ओटा बम विस्फोटन गराएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितका अनुसार, बम विस्फोटनबाट सुरुङ प्रवेश मार्गको पानी निकाल्ने ठाउँमा सुरुङ खन्ने मेसिन र एउटा जेनेरेटरमा क्षति पुगेको छ ।

बम विस्फोटन गराउने समुहको खोजी भइरहेको प्रहरी निरीक्षक रामेश्वर पण्डितले बताए । गत वर्षको माघमा आयोजनाको सोहीस्थल पुखुवामा रहेको भवनमा बम पनि विस्फोट गराइएको थियो ।

त्यसबेला आयोजनाको पाँच कोठे साे भवनका दुई कोठामा क्षति पुगेको थियो । सोही स्थानमा तीन वर्षअघि आगजनी भएको थियो । आगजनी विप्लव माओवादीले गरेको थियो ।

प्रकाशित मिति: Feb 8, 2019

प्रतिक्रिया दिनुहोस्