Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेलाई औद्योगिक राजधानीका रुपमा विकास गरिने

राँझा :  प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बाँके जिल्लालाई औद्योगिक राजधानीका रूपमा विकास गरिने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके शाखाले आज खजुरामा आयोजना गरेको औद्योगिक महिला उद्यमशीलता लघु घरेलु तथा कृषि प्रविधि पर्यटन महोत्सव उद्घाटनका क्रममा उनले भने, ‘‘यस प्रदेशमा औद्योगिक व्यापारका लागि नेपालगञ्ज प्रमुख नाकाका रुपमा रहेको र वैजनाथ नौवस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणले थप सहयोग पुग्ने छ । ”

मन्त्री गिरीले भने, “संसारकै सर्वश्रेष्ठ गन्तव्य मानसरोवरको प्रवेशद्वारका रुपमा समेत नेपालगञ्ज रहेकाले मानसरोवरमा आस्था राख्ने छिमेकी मुलुक भारतका धार्मिक पर्यटकलाई नेपालगञ्जमा बस्ने वातावरण तयार गर्न प्रदेश सरकारले योजना बनाएको छ ।”

उनले बाँके र बर्दियालाई आर्थिक पर्यटन क्षेत्रको प्याकेजको रूपमा जोड्न बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारामा खुला नाट्यशाला निर्माण गरिने र बाँके राष्ट्रिय निकुञ्जलाई थप व्यवस्थित गरिने बताए । घरेलु तथा साना उद्योग प्रवर्धन र उत्पादन बजारीकरणका लागि मेला आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष समरबहादुर खत्रीले बताए ।

प्रकाशित मिति: Feb 8, 2019

प्रतिक्रिया दिनुहोस्