Logo
६ बैशाख २०८१, बिहीबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

FIFA वरियतामा नेपाल १६१ औँ स्थानमा : विश्वमा फ्रान्स दोस्रो र ब्राजिल तेस्रो

काठमाडौँ : विश्व फुटबल महासंघ-फिफाको पछिल्लो वरियताक्रममा एसियामा इरान, विश्वमा बेल्जियम पहिलो स्थानमा रहेका छन्। नेपाल एक सय ६१ औँ स्थान अर्थात पहिलेकै स्थानमा कायम छ।

फिफाले बिहीबार जारी गरेको ताजा विश्व वरीयतामा फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ। चौथोमा क्रोएसिया, पाँचौँ इंग्ल्यान्ड छ भने छैटौं स्थानमा पोर्चुगल रहेको छ।

सातौं स्थानमा उरुग्वे, आठौं स्थानमा स्विट्जरल्यान्ड, नवौं स्थानमा स्पेन र दशौं स्थानमा डेनमार्क छन्। अर्जेन्टिना एघारौं स्थानमा छ।

एसियन च्याम्पियन ‍कतार ३८ स्थान फड्को मार्दै ५५ औँ स्थानमा पुगेको छ।कतारले गत शुक्रबार भएको फाइनलमा जापानलाई पराजित गरेर पहिलो पटक एसियन कपको उपाधि जितेको थियो।

कतार विश्वकप २०२२ को आयोजक पनि हो। एसियामा इरान पहिलो र जापान दोस्रोमा छ। विश्व वरियतामा जापान २३ स्थान माथी उक्लिएर २७ औँ नम्बरमा पुगेको छ।

इरान २२औं स्थानमा छ। एसिया वरीयताको तेस्रो स्थानमा रहेको दक्षिण कोरिया ३८औं र चौथो स्थानको अस्ट्रेलिया ४२औं स्थानमा छन्। कतार भने एसिया वरीयताको पाँचौ स्थानमा छ।

दक्षिण एसियाली टोलीमा भारत शीर्षस्थानमा छ भने नेपाल तेस्रोमा। भारत विश्व वरियताको एक सय ३ औँ स्थानमा छ। दोस्रो स्थानको माल्दिभ्स १ सय ५२ स्थानमा छ।

१ सय ८६ स्थानको भुटान चौथो, १ सय ९२ स्थानको बंगलादेश पाँचौ, १ सय ९९ स्थानको पाकिस्तान छैटौं र २ सय १ स्थानको श्रीलंका सातौं स्थानमा छन्।

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्