Logo
११ बैशाख २०८१, मंगलबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिरासतबाट रिहाइको माग गर्दै नेविसंघका विद्यार्थी पुगे महानगर घेर्न

पोखरा : पोखरा महानगरपालिका घेराउ गर्न पुगेका नेपाल विद्यार्थी संघका ७ जना विद्याथीलाई प्रहरीले पक्राउ गरेर छोडेको छ । यसअघि गाडी जलाएको आरोप पक्राउ परी हिरासतमा रहेका विद्यार्थी रिहाइको माग गर्दै पोखरा महानगर पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

विद्यार्थीले महानगरपालिका शिक्षा महाशाखाको काममा बाधा पुर्‍याएको आरोपमा ७ विद्यार्थीलाई पक्राउ गरी कार्यालय समयपछि छोडिएको प्रहरीले जनाएको छ । नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, शंकर घिमिरे, संस्कृत क्याम्पस ९बगर० सभापति कमल पौडेल, विद्यार्थी नेताहरु लक्ष्मी पाण्डे, प्रकाश भट्टराई, सागर अधिकारी, उमा ठकुरी पक्राउ गरेका हुन् ।

सार्वजनिक बिदाका दिन गाडी चलाइएको भन्दै माघ १९ गते शिक्षा शाखाको गाडी विद्यार्थीले जलाएका थिए । गाडी जलाएलगत्तै पक्राउ परेका ५ विद्यार्थीमध्ये २ विद्यार्थी रिहा भइसकेका छन् । परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेलविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । तिनै विद्यार्थीको रिहाइको माग गर्दै विद्यार्थीले विभिन्न आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्