Logo
८ बैशाख २०८१, शनिबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध असुली गर्दै इनरुवा बजाज शोरूमका संचालक कृष्णप्रसाद मेहता, ३० हजारको ब्याज ७५ हजार

प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा रहेको रानु अटो बजाज शोरूमका संचालकले अवैध रुपमा असुली गर्दै आएको खुलासा भएको छ । सुरुमा बिभिन्न अफर भन्दै उधारोमा मोटरसाइकल बेचेका ग्राहकहरुको पछि घर-घरमा गई धाकधम्की दिएर सेकडाको ४ अर्थात १ सय रुपैयाँकोमात्र महिनाको ४ रुपैयाको दरले असुल गर्ने गरेका छन् ।

बेच्नेबेलामा कबुल गरिएको समयअवधी पुरा नहुँदै अवैध रुपमा बढी रकम असुल गर्ने उद्देश्यले रानु अटो बजाज शोरूमको नाममा त्यस्तो गतिबिधि भइरहेको पाइएको हो । रानु अटो बजाज शोरूमका संचालक कृष्णाप्रसाद मेहता कृष्णाले बिभिन्न प्रलोभन देखाउदै किस्ताबन्दीमा बेचेका मोटरसाइकल ग्राहकलाई दुखः दिदै आफनो व्यवसायलाई व्याजी व्यवासय वानएको सेवा ग्राहिहरुको दावि रहेको छ ।

बिभिन्न प्रलोभन देखाई किस्तावन्दीको नाममा सुरुमा बेचाउने गरिएको र पछि सेवाग्रहीसंग मिटर ब्याजको स्वरुपमा असुल गर्ने गरेको पिडितहरुले बताएका छन् । सुरुमा कुनै किसिमको सम्झौता पत्र नगरेतापनि पछि भने उनले निकै नराम्रो ब्यवहार देखाउदै अवैध रुपमा असुल गर्नेगरेका हुन् ।

हरिनगर गाउपालिका वार्ड नं २ वस्ने सन्तोष गुप्ताले १ लाख पच्चिस हजार जम्मा गरि बाँकी अपुग ३० हजार केहीदिनका लागि उधारोमा दिने सहमती गरेर प्लाटिना नामक मोटरसाइकल खरिद गरेपनि उनले तिर्नुपर्ने बाँकी रकममा ब्याज समेत जोडी ७५ हजार तिर्नुपर्ने भएको छ । सन्तोषको घरमै गएर मेहताले मोटर साइकल समेत लिएर गएका छन् ।

‘सोरुममा आएर ७५ हजार लियाएर तिर्नु’ भन्दै मेहताले मोटरसाइकल खोसेर लगेको पिडित गुप्ताले बताए । सुरुमा बिभिन्न प्रलोभन देखाई मोटरसाइकल बेच्ने गरेको तर पछि भने गुण्डाको शैलीमा दमन गर्ने गरेको पिडितको गुनासो रहेको छ ।

बाँकी तिर्नुपर्ने ३० हजारमा ६ महिनाको व्याज जोडी ७५ हजार तिर्नु पर्ने भएको छ उनले भने ‘खोइ यो कुन बैंकको नियम हो तर उहाँले हामिमाथी निकै अन्याय गरेका छन् ।’ त्यो ७५ हजार तिर्नु अनि मात्र मोटरसाइकल लानु नत्र भालिदेखि मोटरसाइकलको कुरा नगर्नु भन्दै उनले गुण्डा शैलीमा मोटरसाइकल खोसेर लगेको उनले बताए ।

त्यस्तै सोही शोरुमका अर्का एक मोटरसाइकल ग्राहक भोला गुप्ताले गत २०७३ सालमा नगद रु २ लाख १२ हजारमा तिरेर मात्र ५ हजार उधारोमा खरिद गरेको मोटरसाइकल केहि महिनापछि पास गर्न जाँदा ब्याज सहित २० हजार बुझाउनु पर्ने बाध्यता रेको गुनासो पोखे । उनले भने ५ हजारको ब्याज २० हाजर तिर्नुपर्ने भएको छ र यती रकमका लागि मेहताले घरमा आई तथानाम गाली गर्ने गरेका छन् ।

उता अर्का ग्राहक जावेद अन्सारीको पनि उस्तै गुनासो रहेको छ । उनले भने आफू घरमा नरहेका बेला श्रीमती बच्चालाई समेत धम्की दिएर जाने गरेको छन् । गुण्डाकै शेलीमा घरमा आउँछन् नानाथरीका धम्की दिनेगरेका छन्” उनले भने -“मेलै तिर्नुपर्ने वाकी रकम ५३९००को १ लाख २६ हजार ४ साय ५० व्याज सहित तिर्नुपर्ने भएको छ ।

यसबारे रानु अटो वजाज सोरुमका संचालक मेहतासंग जनकारी लिन खोज्दा उनलेे उल्टै धमकाएका छन् । ‘तपाईले मलाई नपढाउनुस्, म आफनो हिसाबले काम गर्छु तपाई मेरो व्यवासायको विचमा नपर्नुस् है नत्र नराम्रो हुन्छ ।’ यो संवाददतासंग कुरा गर्दै उनले भने ‘डिएसपी, एसपी त मसंग जोरले कुरा गर्दैनन् तपाई त एउटा पत्रकार हो, आफनो काम गर्नुस् मलाई धेरै नसिकाउनुस्’ । यसबारे कुनै कुनै लिखित उजुरी नआएकाले केहि भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालयको भनाई रहेको छ ।

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्