Logo
७ बैशाख २०८१, शुक्रबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरानो सर्जकलाई हेमन्त कान्छाकाे सम्मान : “रेलको ढोका बन”(भिडियो)

काठमाडौं : करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइलले पुरानो मौलिकतालाई जगेर्ना गदै “ रेलको ढोका बन” गीतको कभर भिडियो सार्वजनिक गरेका छन् ।

उनले रेडियो नेपालमा गीत गाएर छुटटै पहिचान बनाएको गायक तथा सारङ्गी बाधक कृष्ण गन्धर्वको उक्त गीतको कभर भिडियो आफ्नै च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

यस कभर गीतमा आफ्नै स्वर , सारङ्गी रहेको छ भने अनिल थापा मगरले मादलमा साथ दिएका छन् । पुरानो गीतमा भने कृष्ण गन्धर्वको स्वर , शब्द , संगीत रहेको छ ।

उनको यस भन्दा अगाडि नै ‘भाग्यमानी ‘’ बोलको गीतले हजारौ दर्शक स्रोताको मन जितिसकेको छन् । त्यस्तै हेमन्तले २०६३ सालमा गाएको ‘काँचो सुन्तला‘’ बोलको गीत निकै हिट भएको थियो । यसबीचमा उनले करिब दुई दर्जन गीत गाए ।

लोकगायनका साथै अहिले उनी कुशल सारंगी वादकका रूपमा पनि चिनिन्छन् । उनले सात हजारभन्दा बढी गीतमा सारंगी बाजा बजाइसकेका छन् । हेरौ भिडियो :

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्