Logo
१३ बैशाख २०८१, बिहीबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपिका र रणबीर फेरि एकसाथ फिल्म गर्दै

एजेन्सी  : बलिउडको रिल लाइफ क्यूट कपल दीपिका पादुकोण र रणबीर सिंहका फ्यानका लागि खुसीको खबर आएको छ । ‘तमाशा’ को-स्टार्स एकपटक फेरि पर्दामा फर्किने तयारीमा छन् । खबरअनुसार, दुईले हालै एक रोमान्स ड्रामा फिल्म साइन गरेका छन्, जुन अर्को वर्ष २०२० मा रिलिज हुँदैछ ।

फिल्मलाई टी-सीरीजका भूषण कुमारले लभ फिल्मससँग सहकार्य गरेर बनाउँदैछन् । यो फिल्मबारे गएको वर्ष खबर आएको थियो कि दीपिका र रणबीर सिंहका अलावा लिड रोलमा एक्सन स्टार अजय देवगन पनि देखिनेछन् । अब दीपिका र रणबीर फिल्म गर्न तयार भएका छन् ।

अहिलेसम्म फिल्मको टिमको तर्फबाट कुनै अफिसियल स्टेटमेन्ट भने आएको छैन । यसभन्दा अगाडि दीपिका र रणबीरले २००८ मा आएको फिल्म ‘बचना ऐ हसीनों’ मा काम गरेका थिए । यसपछि यी दुईले केही वर्ष एकअर्कालाई डेट पनि गरे तर सम्बन्ध धेरै लामो समय टिकेन ।

ब्रेकअपपछि फेरि यी दुई एकसाथ देखिए र फिल्म ‘तमाशा’ मा सानदार काम गरेका थिए । यो जोडी बक्सअफिसमा हिट मानिन्छ । वर्क फ्रन्टको कुरा गर्ने हो भने रणबीर कपूर अहिले फिल्म ‘ब्रह्मास्त्र’ को छायांकनमा व्यस्त छन् भने दीपिका पादुकोण चाँडै मेघना गुलजारको फिल्म ‘छपाक’ मा देखिँदैछन् ।

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्