Logo
१३ बैशाख २०८१, बिहीबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन दिनसम्म देशभर वर्षा हुने, हिमाली क्षेत्रमा हिमपातको संभावना

काठमाडौ : मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ ।पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिबारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो ।

‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश ग-यो,’ मौसमविद् सुवास रिमालले भने, ‘हिउँदमा कहिले कम र कहिले प्रभावशाली भएर आउने पश्चिमी न्यूनचापीय प्रभाव यो वर्ष प्रभावशाली भएर भित्रिएको छ ।’

कतिपय ठाउँमा ५० मिलिमिटरभन्दा धेरै वर्षा हुने महाशाखाको प्रक्षेपण छ । माघको अन्तिमतिर वर्षा र हिमपातको अनुमान धेरैले नगरे पनि मौसममा आएको बदलावका कारण सचेत हुनुपर्ने अवस्था रहेको महाशाखाले जनाएको छ ।

चिसो बढ्न सक्ने 
शनिबारसम्म वर्षासँगै हिमपात हुने भएकाले चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘केही दिनदेखि चिसो ह्वातै घटेकाले धेरैले जाडोको लुगा थन्क्याउन थालिसकेका छन्,’ रिमालले भने, ‘केही दिन वर्षासँगै हिमपात हुने भएकाले चिसो बढ्छ ।’

कुन दिन कस्तो मौसम ? 
मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय प्रभावका कारण बुधबार दिउँसोदेखि पश्चिम नेपालमा मध्यम वर्षा भएको मौसमविद् सुवास रिमालले बताए । बिहीबार काठमाडौं उपत्यकासहित पश्चिमी क्षेत्रमा यस्तै वर्षा हुने उनको भनाइ छ । पश्चिमी हिमाली क्षेत्रमा एक–दुई स्थानमा हिमपातको सम्भावना आकलन गरिएको छ ।

पूर्वी क्षेत्रमा पनि बिहीबारबाटै वर्षा सुरु भई शुक्रबारसम्म रहने प्रक्षेपण छ । एक-दुई स्थानमा वर्षा भई केही उच्च हिमाली क्षेत्रमा हिमपात हुने रिमालले बताए । हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले महाशाखाले ट्रेकिङ र घुमघाममा नजान पर्यटकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्