Logo
१२ बैशाख २०८१, बुधबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरियन नयाँ वर्षको उपलक्ष्यमा मधेशी समाजद्धारा बृहत कार्यक्रमको आयोजना

संघीय सांसद प्रदिप यादवलाई दक्षिण कोरियामा सम्मान गरिएको छ । मधेशी समाज दक्षिण कोरियाद्धारा आयोजना गरिएको एक बृहत कार्यक्रममा संघीय समाजवादी फोरमका नेता समेत रहेका यादव सहित, अर्का नेता प्रकाश अधिकारीलाई पनि सम्मान गरिएको हो ।

समाजका अध्यक्ष अरविन्द मेहता, पुर्वअध्यक्ष श्याम महतो लगायतले संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेको हो । कोरियन नयाँ वर्ष (सलनाल) २०१९ को उपलक्ष्यमा मधेशी समाज दक्षिण कोरियाले बृहत सांगितिक सौगात तथा अंतरक्रिया कार्यक्रमको समेत आयोजना सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अथितिको रूपमा सांसद यादव र विशिष्ट अथितिको रूपमा अधिकारीले आआफना मनतब्य समेत राखेका थिए । यादवले नेपालको समग्र अवस्था तथा मधेशी समाजको यथास्थितीबारे जानकारी गराएका थिए । उनले कोरियाम रहेका मधेशी नेपालीहरूको हकहित तथा बिकासको लागी संघीय समाजबादी फोरम नेपाल कटिबद्ध भई पूर्ण प्रयास गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । सांसद यादव प्रदेश नम्बर २ स्थित पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य हुन् । साथै अधिकारीले संघीय नेपालमा सबै नागरिक अधिकार सम्पन हुनुपर्नेमा जोड दिएका थिए । उनले फोरमको मुख्य लक्ष्य नै बिभेद अन्त्य गर्नु रहेको बताए ।

कार्यक्रममा समाजको पुर्वअध्यक्ष श्याम महतोले संस्थाको प्रगतीको बारेमा प्रकाश पारेका थिए । भने नेपाल स्थित जनकपुर घर भई हाल अध्ययनको शिलशिलामा कोरियामा रहेकी ज्योती महतोले महिलाको विकास तथा समाजको अवस्थाबारे प्रष्टायाएकी थिइन । उनले बिद्यर्थाी भिषाबारे समेत जानकारी गराएकी थिएन । कार्यक्रममा मुकुन्दकुमार कर्ण, कष्णासिंह चौहान, विक्रान्त विक्रम कर्ण लगायतले पनि आआफना मनतब्य राखेका थिए ।

समाजका अध्यक्ष मेहताका अनुसार दक्षिण कोरिया स्थित सुवन शहरमा रहेको खान होटेलमा आयोजित उक्त कार्यक्रममा कार्यक्रममा संस्थाका बिशेष सल्लाहकार कृष्णकुमार सिंहको साहित्यिक प्रस्तुतीसंगै कलाकार मिना सुनुवारले पनि आफ्नो प्रस्तूती देखाएकी थिइन । उनलाई उत्कृष्ट कलाकारको रुपमा सम्मान गरिएको छ । त्यस्तै अरुणकुमार मेहताले हास्यब्यङ्ग, अवधेशराज चौरसियाले गीत, सिवेन साहले गीत, तथा कृष्णकुमार सिंह गजल गाएका थिए ।

मधेशी समाज दक्षिण कोरिया २०१३ सालमा स्थापित भई हालसम्म कोरिया तथा नेपलमा रहेका मधेशी नेपालीहरूको हकहितको तथा बिकासका लागि बिभिन्न प्रयासहरू गर्दै आएको छ । दक्षिण कोरियामा रहेका मधेशी मूलका नेपालीहरुले लगभग ३०० को हाराहारीमा बसोवास रहेको छ ।

प्रकाशित मिति: Feb 6, 2019

प्रतिक्रिया दिनुहोस्