Logo
१३ बैशाख २०८१, बिहीबार
(February 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखापत्र पनि प्रेस काउन्सिलको कारवाहीमा, यी हुन् सूचिमा परेका सञ्चारमाध्यमहरु

काठमाण्डौ : सरकारी स्वामित्वको दैनिक समाचार पत्र गोरखापत्र दैनिक पनि प्रेस काउन्सिलको कारवाहीमा परेको छ । प्रेस काउन्सिलले जारी गरेको अवज्ञाकारीको सूचिमा गोरखापत्र दैनिक पनि परेको हो । पत्रकार आचारसंहिता–२०७३ अनुसार आचारसंहिता पालना नगरेको पाइएको अवस्थामा कारबाही र निर्णय गर्ने विभिन्न प्रक्रिया रहेको छ ।

आचारसंहिता पालनाका लागि काउन्सिलले पटक–पटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने सञ्चारमाध्यम पत्रकार आचारसंहिता–२०७३ को दफा ७ (ज) को काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारीको सूचीमा राख्ने र पटक–पटक गरिएका कारबाहीको विवरण तत्काल वा आवश्यकताअनुसार सार्वजनिक गर्ने भन्ने प्रावधान रहेको छ ।

प्रेस काउन्सिलको अवज्ञाकारीको सूचिमा निम्न सञ्चारमाध्यम परेको छ ।

१. गोरखापत्र दैनिक (काठमाडौँ) माथि काउन्सिलको स्वअनुगमन

मिति २०७५/०७/१८ गतेको गोरखापत्र दैनिकको पृष्ठ १४ मा ‘पत्रकार आचारसंहिता जागरण अभियान’ शीर्षकको समाचारमा मिति २०७५/०७/१७ गते पर्साको वीरगञ्जमा आयोजित कार्यक्रमको विषयमा काउन्सिलले मिति २०७५/०७/१९ गतेको पत्र र मिति २०७५/०९/०६ गते पठाएको ताकेता पत्र, मिति २०७५/०९/२५ गतेको अन्तिम ताकेता पत्र र मिति २०७५/१०/२० गते तपार्इँलाई अवज्ञाकारीको सूचिमा किन नराख्ने भनी पठाएको पत्रको जवाफ हालसम्म प्राप्त नभएकोले मिति २०७५/१०/२३ गते बसेको आचारसंहिता अनुगमन उपसमिति(छापा)को बैठकको निर्णायानुसार अवज्ञाकारीको सूचिमा राख्ने निर्णय भएको

२.सञ्चारमाध्यम नदा टाइम्स साप्ताहिक (कास्की, पछि नाम फेरिएको नादा एक्सप्रेस)

उजूरीकर्ता–विष्णु गुरुङ्ग र निरमाया पुन

नादा टाइम्स साप्ताहिकको मिति २०७२।०३।२३ गतेको अङ्कमा प्रकाशित ‘लाखौं उठाइदिन्छु’ भनी महिलालाई ललाइफकाइ पोखराका एक दलाल महिलाले भारत पु¥याएको खुलासा’ शीर्षकको समाचारले हामी निवेदकको चरित्रहत्या हुने गरी नभए नगरेको झुठा समाचार जानी जानी नियतबस प्रकाशित गरेकोले हदैसम्मको कारवाही गरी पाऊँ भनी पोखराका विष्णु गुरुङ्ग र निरमाया पुनले मिति २०७४।१२।३० गते दर्ता गराउनुभएको उजुरीको सम्बन्धमा काउन्सिलबाट मिति २०७५।०१।०४ गते, २०७५।०२।१० गते, २०७५।०३।०३ गते र २०७५।०३।१५ गते पठाएको पत्रको जवाफ मिति २०७५।०३।२१ गते प्राप्त हुन आएकाले सो कुराको जानकारी उजुरीकर्तालाई दिइएको, थप प्रतिक्रिया आएको खण्डमा प्रक्रिया अगाडी बढाइनेछ भन्ने कुराको जानकारी गराइएको, पत्रिकाको तर्फबाट मिति २०७५।०३।२१ गते जवाफ प्राप्त भएकोमा निवेदकलाई जानकारी गराउने निर्णयानुसार मिति २०७५।०३।३१ गते निवेदकलाई जवाफ पठाइएकोमा निवेदकले छलफलका लागि दुवै पक्षलाई बोलाइदिनका लागि पुनः निवेदन दिएपछि उक्त पत्रिकाका सम्पादकलाई २०७५ साल भदौ १ गते शुक्रबार बिहान ७ः३० बजे उजुरी सल्टाउनका लागि काउन्सिल सचिवालयमा बोलाउने निर्णय गरिएकोमा उक्त पत्रिकाका सम्पादक स्वयम्ले उक्त दिन आफू उपस्थित हुन नसक्ने तर भदौ ८ गते उपस्थित हुने बताएकोमा पछि पनि छापा शाखाबाट फोन गर्दा सम्पर्कमा नआएकाले नादा एक्सप्रेस साप्ताहिकलाई मिति २०७५।०५।०८ गते बसेको आचारसंहिता अनुगमन उपसमिति (छापा)को बैठकको निर्णायानुसार अवज्ञाकारीको सूचिमा राख्ने निर्णय भएको

३. स्वराज साप्ताहिकमाथि काउन्सिलको स्वअनुगमन

स्वराज साप्ताहिकको मिति २०७५।०२।०४ गतेको अङ्कमा प्रकाशित ‘भ्याई नभ्याई छ टेक्सास कलेजलाई’ भन्ने शीर्षकको समाचार प्रथम पृष्ठमा विज्ञापनको रुपमा ‘यदि तपाईँ अभिभावकहरु आफ्ना सन्तानहरुलाई उच्च शिक्षा पाई समृद्ध भएको देख्न चाहनुहुन्छ भने टेक्सास कलेज मित्रपार्कलाई नै रोज्न सक्नुहुन्छ’ भन्ने लगायतका विषय राखिएकोमा काउन्सिलको मिति २०७५।०२।०६ गतेको पत्र, मिति २०७५।०३।०३ गतेको ताकेतापत्र र मिति २०७५।०३।१५ गतेको पुनःताकेतापत्रको जवाफ हालसम्म प्राप्त नभएकाले पटक–पटक काउन्सिलको निर्णय वा निर्देशनको अवज्ञा गरेको देखिएकाले पत्रकार आचारसंहिता–२०७३ को दफा७ (ज) बमोजिम तपार्इँलाई अवज्ञाकारीको सूचिमा किन नराख्ने भनी पत्राचार गर्ने निर्णयानुसार मिति २०७५।०३।३१ गते पठाइएको पत्रको समेत जवाफ प्राप्त नभएकाले मिति २०७५।४।२४ गते अवज्ञाकारीको सूचीमा राखिएको

४. फास्ट टाइम्स दैनिक (सुनसरी) माथि काउन्सिलको स्वअनुगमन

फास्ट टाइम्स दैनिकको मिति २०७५।०३।२० गतेको अङ्कमा प्रकाशित ‘पत्रकारविरुद्धको झुठ्ठा उजुरी फिर्ता लिन प्रेस काउन्सिल बाध्य : किशोर श्रेष्ठ लत्रिए’ शीर्षकको समाचारप्रति काउन्सिलले गरेको स्वअनुगमनमा मिति २०७५।०५।०८ गतेको पत्रमार्फत् ३ (तीन) दिनभित्र सो सम्बन्धमा जवाफ पठाउनका लागि जानकारी गराइएको, मिति २०७५।०५।२८ गतेको ताकेता पत्र, मिति २०७५।०६।१९ गतेको पुनः ताकेता पत्र र मिति २०७५।०७।१९ गतेको किन अवज्ञाकारीको सूचिमा नराख्ने भनी पठाइएको पत्रको जवाफ प्राप्त नभएकाले मिति २०७५।०८।०७ गते बसेको आचारसंहिता अनुगमन उपसमिति(छापा)को बैठकको निर्णायानुसार अवज्ञाकारीको सूचिमा राखिएको

५. सञ्चारमाध्यम–साप्ताहिक राजधानी आस्था

उजूरीकर्ता गोकर्ण सापकोटा

‘साप्ताहिक राजधानी आस्थाको २०७४।११।२९ गतेको पत्रिकामा मानमर्दन गर्ने गरी कपोकल्पित समाचार प्रकाशित गर्ने पत्रकार नवराज ढकाललाई कारबाही गरिपाऊँ भनी गोकर्ण सापकोटाले इमेलमार्फत मिति २०७५।०१।०५ मा पठाउनुभएको उजुरीको सम्बन्धमा काउन्सिलबाट मिति २०७५।०२।०४ गते, २०७५।०३।०३ गते, २०७५।०३।१५ गते र २०७५।०३।३१ गते गरी पटक–पटक पत्र पठाउँदा पनि जवाफ प्राप्त नभएकाले पत्रकार आचारसंहिता–२०७३ को दफा ७ (ज) बमोजिम मिति २०७५।०४।२४ गते बसेको आचारसंहिता अनुगमन उपसमिति(छापा)को बैठकको निर्णायानुसार अवज्ञाकारीको सूचिमा राखिएको 

प्रकाशित मिति: Feb 6, 2019

प्रतिक्रिया दिनुहोस्