Logo
१२ बैशाख २०८१, बुधबार
(February 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुमतिबिनै राखे होटल व्यवसायले सिसी क्यामरा

बाँके :  बाँकेको नेपालगञ्ज लगायतका क्षेत्रमा २०० बढी स्थानमा सिसी क्यामरा जडान भएका छन् । अधिकांश क्यामरा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै जडान भइरहेको पाइएको छ ।

सरकारी, गैरसरकारी र निजी संस्था तथा निवासमा जडान गरिएका यस्ता सिसी क्यामराको जिल्ला प्रशासनसँग एकिन विवरण नै छैन । नेपालगञ्जको सुर्खेतरोडमा मात्रै ५६ वटा सिसी क्यामरा जडान गरिएको छ । यीमध्ये अधिकांश सिसी क्यामरा कानून विपरीत अनुमतिबिनै जडान भएका छन् । केही जडानकर्ता निकायले जडान गर्दा अनुमति लिएपनि त्यसपछि नवीकरण गरेका छैनन् । बाँकेमा ३८ वटा संस्थाले मात्र सिसी क्यामरा राख्न अनुमति लिएका छन् ।

सडकमा मात्रै नभइ नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सञ्चालन भइरहेको सामान्यदेखि उच्चस्तरका होटलले समेत अनुमतिबिनै सिसी क्यामरा जडान गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले बताएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार नेपालगञ्जमा रहेका ठूला होटल स्नेहा, सिद्धार्थ र सोल्टी होटलमै जडान गरिएका सिसी क्यामरा गैरकानूनी वा मापदण्ड विपरीत देखिएका छन् ।

यी होटलमा जडित क्यामरा प्रशासनको अनुमतिबिना जडान गरिएको पाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताए । उनकाअनुसार नेपालगञ्ज र कोहलपुरका अधिकांश होटलले क्यामरा जडान गरेपनि प्रशासनको अनुमति लिएका छैनन् ।

नेपालमै नाम चलेका सोल्टी, सिद्धार्थ भ्यूका साथै नेपालगञ्जका चर्चित होटल सिटी प्यालेस, ग्यालेक्सी दरबार, सिग्नेट, स्नेहामा समेत अनुमतिबिनै सिसी क्यामरा जडान भएको पाइएको छ । सहायक प्रजिअ अर्यालका जानकारी अनुसार नेपालगञ्जको किचन हटले भने सरकारी मापदण्ड र प्रशासनको अनुमति लिएरै सिसी क्यामरा जडान गरेको छ ।

प्रकाशित मिति: Feb 6, 2019

प्रतिक्रिया दिनुहोस्