Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्कुल बसको ठक्करबाट टेम्पोमा सवार ५ घाइते

सुनसरी : धरान उपमहानगरपालिका-१८ राँगा चोकमा स्कुल बसको ठक्करबाट टेम्पोमा सवार ५ जना घाइते भएका छन् । भानुचोकबाट घोपा क्याम्पतर्फ यात्रु बोकेर जाँदै गरेको को२ह ५२२३ नम्बरको टेम्पोलाई विपरीत दिशाबाट आउँदै युरेको स्कुलको को१क १७०३ नम्बरको बसले बुधबार बिहान ठक्कर दिएको थियो ।

बसको ठक्करबाट टेम्पोमा सवार धरान ५ देउराली बस्ने वर्ष ३२ की गंगा श्रेष्ठ, बर्ष २८ को गणेश लिम्बू, वर्ष ४३ की तीर्थकुमारी भुजेल, वर्ष ३१ की उर्मिला लिम्बू, र वर्ष ३९ की संगीता लिम्बू घाइते भएका छन् । उनीहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

प्रकाशित मिति: Feb 6, 2019

प्रतिक्रिया दिनुहोस्