Logo
१३ बैशाख २०८१, बिहीबार
(February 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख र सासंदबीच चर्काचर्की : कांग्रेसले लगायो सभामुखविरुद्ध नारा

बुटवल : प्रदेश ५ प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख पूर्णबहादुर घर्तीबीच द्वन्द्व सिर्जना भएको छ । प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठित विशेष समितिले ९ महिनासम्म काम नगरी समिति विस्तार गर्न खोजिएको भन्दै कांग्रेस सांसद्हरुले सदनमै नाराबाजी गरेका थिए ।

कांग्रेस सांसद्हरुले सभामुखका विरुद्धमा नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए । सभामुख घर्तीले कार्यसूचीमै नभएको विषयमा विवाद नगर्न आग्रह गर्दै बैठक सुचारु गराउने जानकारी गराएपछि कांग्रेस सांसद्हरु सभामुखलाई औंला ठड्याउँदै सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।

समितिले सुझाव संकलन गर्नुको साटो समय लम्ब्याउने र अनावश्यक बजेट खर्च गर्ने उपाय खोजेको भन्दै बैठक अवरोध गरिएको कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले जानकारी दिए ।

सुझाव संकलन गर्न सांसद् दीपेन्द्र कुमार पुनको संयोजकत्वमा १५ सदस्यीय समिति बनेको छ । जसमा रूकुम पूर्व, नवलपरासी र बाँके जिल्लाका प्रतिनिधिहरू नसमेटिएको भन्दै थप गर्न दबाब आइरहेको छ । संसदको अर्को बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति: Feb 5, 2019

प्रतिक्रिया दिनुहोस्