Logo
७ बैशाख २०८१, शुक्रबार
(February 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिम महोत्सव : हेलिकोप्टर चढेर धनगढीको अवलोकन गर्न पाइने

कैलाली : सुदूरपश्चिम महोत्सवमा हेलिकोप्टर चढेर धनगढीको अवलोकन गर्न पाइने व्यवस्था गरिएको छ । कैलाली उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा हेलिकोप्टरबाट धनगढीको अवलोकन गर्ने व्यवस्था गरिएको हो । तर, हेलिकोप्टरबाट अवलोकन गर्न टिकट लिनुपर्ने छ ।

आज(मंगलबार)देखि सुरु भएको महोत्सवमा भोलि (बुधबार)देखि हेलिकोप्टरमा धनगढी परिकर्मा गर्ने व्यवस्था मिलाइएको उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले जानकारी दिए ।

उनका अनुसार प्रतिव्यक्ति चारहजारका दरले एकपटकमा ६ जनाले हेलिकप्टरबाट महोत्सव लगायत यहाँका धार्मिक एबं पर्यटकीयस्थलहरुको अवलोकन गर्न सक्ने छन् ।

प्रकाशित मिति: Feb 5, 2019

प्रतिक्रिया दिनुहोस्