Logo
१३ बैशाख २०८१, बिहीबार
(February 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महायज्ञ उद्घाटन गर्न राष्ट्रपति देवघाटमा, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा दिए जोड

चितवन : राष्ट्रपति विद्यादेवी भण्डारीले पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको बताएकी छिन् । देवघाटमा मंगलबार सुरु भएकोको विराट ज्ञान महायज्ञलाई उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक महत्व बोकेको देवघाटलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिइन् ।

संस्कृत शिक्षाप्रति युवा विद्यार्थीहरुको आर्कषण बढाउनुपर्ने बेला भएको राष्ट्रपति भण्डारीको भनाई छ । देवघाट गुरुकुल शिक्षा चलाएर नेपालको मौलिक संस्कृतिको संरक्षणमा लागेको भन्दै राष्ट्रपति भण्डारीले गुरुकुलहरूको प्रशंसा गरिन् । यसलाई समयानुकुल बनाउँदै अघि बढाउनुपर्ने राष्ट्रपति भण्डारीको सुझाव छ । राष्ट्रपति भण्डारीले सो क्रममा आश्रमको नवनिर्मित भवनको पनि उद्घाटन गरिन् ।

वनिर्मित भवनमा कक्षा ६ देखि आचार्यसम्मको पठनपाठन हुने जनाइएको छ । महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको अवसरमा महायज्ञ गर्न लागिएको हो । सो गुरुकूलमा कक्षा ६ देखि आचार्यसम्म अहिले ३०० जना विद्यार्थी अध्ययनरत छन् । महायज्ञ फागुन १ गतेसम्म चल्नेछ । यसअघि गुरुकूलले विसं २०६५ मा पहिलोपटक विराट ज्ञान महायज्ञको आयोजना गरेको थियो ।

प्रकाशित मिति: Feb 5, 2019

प्रतिक्रिया दिनुहोस्