Logo
१३ बैशाख २०८१, बिहीबार
(February 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविको क्रिकेट मैदान निरीक्षण गर्न आईसीसीका प्रतिनिधि नेपालमा

काठमाडौं : अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का प्रतिनिधिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरको निरीक्षण गरेका छन् ।

कीर्तिपुर मैदान एकदिवसीय सिरिज खेलाउन योग्य भए नभएको अवलोकन गर्न आईसीसीका प्रतिनिधि एण्डी अड्किङसन नेपाल आएका थिए । उनले मंगलबार विहान त्रिवि क्रिकेट मैदान पुगेर पिच, आउट फिल्ड लगायतको अवलोकन गरेका छन् ।
आईसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेले अनलाइनखबरसँग भनिन्, ‘उहाँले अब आईसीसीमा रिपोर्ट पेश गर्नुहुन्छ । त्यसपछि केके पुनर्निर्माण गर्नुपर्ने हो थाहा होला ।’

त्रिवि क्रिकेट मैदानको पिच निकै पुरानो भइसकेको छ । ३० यार्ड र आउट फिल्ड पनि राम्रो छैन । प्लेयर बक्स त छ तर, त्यहाँ पनि पर्याप्त पूर्वाधारहरु बनेको छैन ।

त्रिवि क्रिकेट मैदानले छिट्टै तयार हुने अवस्था भएमा सन् २०१९ को मध्यतिरै पनि नेपालमा सिरिज हुनसक्ने बताइएको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले हालै मात्र यूएईविरुद्ध सिरिज जितेको थियो ।

 

प्रकाशित मिति: Feb 5, 2019

प्रतिक्रिया दिनुहोस्