Logo
१२ बैशाख २०८१, बुधबार
(February 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल आइडल रवि ओड : खराब तरिकाले गीत गाएको भन्दै संगीतकार थापा असन्तुष्टि

काठमाडौं : नेपाल आइडल रवि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन् । बसन्तले सोमबार राति प्रतिष्ठानबाट अलग भएको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि टुलुटुलु हेरिरहनेहरु म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिनँ । त्यसैले आजका मितिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’

यनले अघि भनेका छन, ‘यस्तो सिर्जना गर्न मन छ, जसमा आवाज रवि ओडको होस र माया करोडको होस् । गाली गर्नेहरुलाई बारबार पश्चाताप होस् ।’ अषट्रेलियामा आयोजित कन्सर्टमा रवि ओडले बसन्तद्वारा संगीतबद्ध चर्चित लोकदोहोरी ‘सालको पात‘’ गाएका थिए । तर, उनले गीतको लिरिक्स बिगारेका थिए । अनुमति नलिएको र तोडमोड भएको भन्दै बसन्तले असन्तुष्टि जनाए ।

तर, रविका फ्यानहरुले उनलाई गालीगलौज गरे । रविले भने फेसबुकमा प्रष्टीकरण दिँदै तयारीबिना दर्शकको मागअनुसार गीत गाउँदा त्रुटि हुन पुगेको बताएका छन् । रविले बसन्तसित कुरा गर्दै माफी पनि मागेका छन् । बसन्तले भने रविसँग व्यक्तिगत बैमनश्यता नभएको तर, व्यवसायिक प्रयोजनका लागि अनुमति विना अरुको गीत गाउन नहुनेमा जोड दिँदै आएका छन् ।

तर, यो प्रकरणमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मौन बसेकोमा बसन्त असन्तुष्ट छन् । बसन्तले भने, ‘म अहिले एकदमै डिस्टर्वमा छु । प्रतिष्ठानबाट अलग्गिने मेरो आत्मनिर्णय हो । कसैसँग सल्लाह गरेर निर्णय लिएको होइन । यो विषयमा अहिले थप केही बोल्न चाहन्न ।’

प्रकाशित मिति: Feb 5, 2019

प्रतिक्रिया दिनुहोस्