Logo
१५ चैत्र २०८०, बिहीबार
(February 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले नसकेपछि प्रतिपक्षको भूमिका खेल्दै फोरम, सरकारलाई गम्भीर हुन आग्रह

काठमाडौं : सत्ता साझेदार दल संघीय समाजवादी फोरमका प्रमुख सचेतक उमाशंकर अगरियाले कांग्रेसले नसकेपछि आफ्नो पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताएका छन् ।

उनले संविधान संशोधन, वाइडवडी खरिद घोटालालगायतका विषयमा सरकार गम्भीर नबने सरकारबाट फिर्ता हुने चेतावनीसमेत दिए । ‘कानून निर्माणमा भइरहेको ढिलाइ, भ्रष्टाचार, अनियमितताको सशक्त विरोध गर्ने दायित्व प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको थियो’, अगरियाले भने, ‘कांग्रेसले नसकेपछि सत्तारुढ भएर पनि प्रतिपक्षको भूमिका हाम्रै पार्टीले खेलिरहेको छ ।’

संविधान संशोधन, वाइडवडीमा भएको भ्रष्टाचार, प्रमुख जिल्ला अधिकारीलाई दिन लागेको अनावश्यक अधिकारजस्ता विषय टुंगो नलागे आफूहरू सरकारबाट फिर्ता हुने चेतावनी अगरियाले दिए । उनले यस विषयमा छलफल गर्न पार्टी संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए । ‘भूमिका प्रतिपक्षको जस्तो हुने भएपछि सरकार बसिराख्नुको अर्थ छैन’, उनले भने, ‘यसबारे छलफल गर्न पार्टी संसदीय दलको बैठक बस्दै छौं ।’

पार्टीका सांसद् हरिनारायण रौनियारलाई संविधान र संसद् नियमावलीविपरीत निलम्बन गरिएको भन्दै उनले असन्तुष्टि जनाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सांसद् रौनियार निलम्बित छन् ।

प्रकाशित मिति: Feb 5, 2019

प्रतिक्रिया दिनुहोस्