Logo
|| February 5, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के उर्मिलाको करियर यही अफेयरका कारण बर्बाद भएको थियो ?

बलिउडकी रंगीला गर्ल अर्थात् उर्मिला मातोन्डकर आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेकी छिन् । उर्मिला अहिले फिल्मकी क्षेत्रबाट टाढै छिन् तर ९० र सुरुवाती २० को दशकमा उनी शीर्ष स्थानमा थिइन् ।

सन् १९८३ मा फिल्म ‘मासूम’ बाट बाल कलाकारको भूमिकामा उर्मिलाले बलिउडमा पाइला टेकेकी थिइन् । उनलाई सन् १९९२ मा फिल्म ‘चमत्कार’ मा मुख्य भूमिकामा देखिएको थियो । उर्मिलाले थुप्रै फिल्ममा अभिनय गरिन् तर उनलाई रामगोपाल वर्माको फिल्म ‘रंगीला’ ले सुपरहिट नायिका बनायो ।

सन् १९९५ मा रिलिज भएको रंगीलाका लागि उर्मिलाले उत्कृष्ट नायिकाको फिल्म फेयर अवार्ड पनि पाएकी थिइन् । त्यसपछि उनले सत्या, पिन्जर, जुदाई र कौनजस्ता शानदार फिल्ममा अभिनय गरिन् । सन् २०१४ मा उनको अन्तिम फिल्म अजूबा रिलिज भयो । गत वर्ष उर्मिला इरफान खानको फिल्म ब्ल्याकमेलमा एक आइटम गीतमार्फत फिर्ता भइन् । तर, यो गीतले खासै केही कमाल भने गर्न सकेन ।

नीजि जीवनबारे कुरा गर्ने हो भने राम गोपाल वर्मासँग उनको सम्बन्ध निकै चर्चामा रह्यो । यद्यपी, दुबैले आफ्नो अफेयरबारे कहिले कुरा गरेनन् । उर्मिलालाई करियरको शीर्ष स्थानमा पुर्याउन राम गोपाल वर्माले नै सहयोग गरेको बताइन्छ र उनकै कारण उर्मिलाको करियर बर्बाद भएको पनि विभिन्न भारतीय मिडियाले बताएका छन् ।

प्रकाशित मिति: २२ माघ २०७५, मंगलवार ११:५३

प्रतिक्रिया दिनुहोस्