Logo
११ बैशाख २०८१, मंगलबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिकेट टिमका सदस्यलाई राष्ट्रियसभा अध्यक्षले सम्मान स्वरुप दिए नगद उपहार

काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई संघीय संसद राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले खेलाडीलाई थप सफलता प्राप्त गर्न हैसला स्वरुप जनहीँ १०-१० हजार रुपैयाँ दिएका छन् ।

युएई विरूद्धको एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय सिरिजमा विजयी नेपाली टोलिलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले विमानस्थलमै उक्त खर्च खेलाडीहरूलाई हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले १६ जना खेलाडीसहित अफिसियललाई दुवै सिरिजमा विजयी भएकोमा प्रोत्साहन स्वरूप दुई लाख १० हजार रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्