Logo
१३ बैशाख २०८१, बिहीबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब प्रत्येक स्थानीय तहमा अख्तियारको सुराकी : सरकारी विकास-निर्माण कार्यको अवस्था भयावह

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग देश भरको सबै स्थानीय तहमा आफ्नो सुराकी खटाउने तयारी थालेको छ । सबैभन्दा बढी अनियमितता र भ्रष्टचारको भयावह अवास्था स्थानीय तहहरुमा भइरहेकाले यस्तो तयारी थालेको बताइएको छ । अख्तियारले विकास-निर्माण आयोजनामा देखिएका बेथिति हटाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

अख्तियारले आफ्नो कार्यालयमा भौतिक पूर्वाधार निर्माण र विकाससँग जोडिएका मन्त्रालय र विभागका प्रमुखसँग गरेको अन्तक्र्रियामा प्रमुख आयुक्त नवीन घिमिरेले सरकारद्वारा सञ्चालित आयोजनाहरूको काममा भइरहेको ढिलाइ र भ्रष्टाचार क्षम्य हुन नसक्ने बताए ।

उनले सार्वजनिक निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था सम्बन्धमा अख्तियारले गरेको अध्ययनबाट सरकारी विकास–निर्माण कार्यको अवस्था भयावह पाइएको जानकारी गराए ।

उनले १ हजार ८ सय ४८ आयोजनाको निर्माण समयमा सम्पन्न नभई अलपत्र अवस्थामा रहेको र २३ अर्ब रुपैयाँभन्दा बढी सरकारी रकम पेस्की लिएर ठेकेदारले दुरुपयोग गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्