Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब प्रदेश १ मा पनि श्रम स्वीकृति : विराटनगरमा श्रम तथा रोजगार कार्यालयको सेवा आरम्भ

काठमाडौँ : आउँदो बुधबारदेखि प्रदेश १ बाट पनि श्रम स्वीकृति दिन सुरु हुने भएको छ । विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा सेवा आरम्भका लागि प्राविधिक तथा व्यवस्थापनको तयारी पूरा भएको वैदेशिक रोजगार विभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको कामलाई विकेन्द्रीत गर्ने अभियान अन्तरगत पहिलो चरणमा वैदेशिक रोजगारीमा जानेलाई पुनः श्रम स्वीकृति दिन थालेको हो ।

यसअघि सुदूरपश्चिम प्रदेशको धनगढी, प्रदेश–२ को जनकपुर, प्रदेश ५ को बुटवल, प्रदेश ४ को पोखरा र कर्णाली प्रदेशको सुर्खेतबाट सेवा सुरु भइसकेको छ ।

प्रदेश कार्यालयहरुबाट पहिलो चरणमा पुनः श्रम स्वीकृतिको काम सुरु भएको हो । विराटनगरमा सुरु भएपछिसबै प्रदेशबाट श्रम स्वीकृतिको काम सुरु हुने भएको हो ।

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्