Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली टोलीको अन्तर्राष्ट्रिय जितसंगै बिग ब्यासमा खेल्न सन्दीप आज अष्ट्रेलिया जाँदै

घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ । जितसंगै यतिबेला नेपाली खेलाडीहरुलाई बधाईको ओहिरो लागिरहेको छ ।

यसबीचमा नेपाली क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने भने आजै युएईबाट अष्ट्रेलिया जाँदैछन् । युएईमा भन्दा अघि बंगलादेश प्रिमियर खेलेका उनी बिग ब्याग खेल्नका लागि अष्ट्रेलिया जाने भएका हुन् ।

बिग ब्यासमा निकै उत्कृष्ट प्रर्दशन गरेका सन्दीपले सम्झौता बमोजिम नै बिचमै खेल छोडेर बंगलादेश प्रिमियर खेल्न पुगेका थिए भने त्यहाँबाट पनि नेपालको खेल खेल्न युएई पुगेका थिए ।

मेलबर्न स्टार्सबाट बिग ब्यास खेलिरहेका सन्दीपको टिम १२ खेलबाट १२ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । बिग ब्यासमा सन्दीपले अहिलेसम्म ८ विकेट लिईसकेका छन् ।

बिग ब्यासमा उत्कृष्ट खेलको कारण पनि सन्दीप सर्वाधिक चर्चामा आएका थिए । मेलबर्न स्टार्सले आगामी शुक्रबार ब्रिसबेन हिटसँग लिगको १३ औं खेल खेल्नेछ भने लिगको अन्तिम खेलआइतबार सिड्नी सिक्सरसँग खेल्नेछ ।

 

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्