Logo
७ बैशाख २०८१, शुक्रबार
(February 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ३ सरकारले सोनाम ल्होसारको अवसरमा विदा दिने

 काठमाडौं :  प्रदेश ३ सरकारले सोनाम ल्होसारको अवसरमा माघ २२ गते विदा दिने भएको छ ।

तामाङ समुदायले मनाउने यस पर्वका दिन सार्वजनिक विदा दिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ । प्रदेश ३ मा तामाङ समुदायको बाक्लो बसोबास रहेको छ ।

मन्त्रिपरिषदको माघ ९ गते बसेको बैठकले सोनाम ल्होसारमा विदा दिने निर्णय गरेको हो । यसअघि प्रदेश सरकारले माघ १६ गते शहीद दिवसको अवसरमा पनि सार्वजनिक विदा दिएको थियो ।

प्रकाशित मिति: Feb 3, 2019

प्रतिक्रिया दिनुहोस्