Logo
१५ चैत्र २०८०, बिहीबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धुर्मुस-सुन्तली फाउण्डेशनले सुरु गर्यो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने काम

चितवन : धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु गरेको छ ।

चितवनको भरतपुरमा रहेका रंगशाला निर्माण स्थलमा आइतबार एक कार्यक्रमको आयोजना गरी फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मश’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रुपमा डोजर चलाएर रंगशाला निर्माण कार्यको शुभारम्भ गर्नु भएको हो ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवम् चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुुर्मुुस ) ले रंगशाला निर्माणको काम तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले आफूहरु अनुभवी पनि भएकाले रंगशाला निर्माणमा ढिलाई नहुने बताउनुभयो । रंगशाला निर्माणका लागि गुरुयोजना बनाउने काम पनि सुरु भईसकेको  अध्यक्ष कट्टलले जानकारी दिनुभयो ।

अध्यक्ष कट्टेलले आयोजना इन्दारिताका साथ निर्माण गर्ने बताउनुभयो । नेपाललाई खेलकुदको हबको रुपमा विकास गर्ने योजनाका साथ रंगशाला निर्माण कार्यमा आफूहरु जुटेको उहाँकाे भनाइ छ ।

कार्यक्रममा बोल्दै फाउन्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले देशको मुहारमा खुशीयाली ल्याउन रंगशाला निर्माणको कामको जिम्मा लिएको बताउनुभयो । उहाँले देश र आफ्ना बाबुआमा खुशी बनाउने काम सबैभन्दा बढी खुशीको कुरा भएकाले आफूहरुले पनि देशलाई खुसी बनाउन रंगशाला निर्माणको काम अगाडि बढाएकाे स्पष्ट पार्नु भयो ।

२० बिगाहा ८ कट्ठा जग्गामा निर्माण सुरु गरिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागत ३ अर्ब अनुमान गरिएको छ । गत माघ १६ गते फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच २ वर्ष भित्र रंगशाला निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशाला निर्माणको लागि सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

प्रकाशित मिति: Feb 3, 2019

प्रतिक्रिया दिनुहोस्