Logo
८ बैशाख २०८१, शनिबार
(February 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भेनेजुएलाबारे प्रचण्डले दिएको अभिव्यक्तिले राष्ट्रिय स्वार्थलाई नै धक्का लागेको आरोप

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलाको राजनीतिक घटनाक्रमका विषयमा राखेको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वार्थलाई नै धक्का लागेको आरोप लगाएका छन् ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्णप्रमुख सचेतक खाँडले त्यस्ता गतिविधि नर्गन सरकार र सत्तारुढ दल नेकपालाई आग्रह गरेका छन् ।
आइतबार संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले नेपालको विकास निर्माणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध बिग्रने गरी अभिव्यक्ति सार्वजनिक गर्न नहुने निश्कर्ष निकालेको हो ।

‘अमेरिकाको खिलापमा सत्तासिन नेकपाका अध्यक्षले गरेको सार्वजनिक अभिव्यक्ति गलत छ’, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पत्रकारहरुसँग भने, ‘सम्बन्ध बिगार्न खोज्नु दूर्भाग्य हो ।’ केही समयअघि प्रचण्डले पार्टीका तर्फबाट विज्ञप्ति निकालेर भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको विरोध गरेका थिए ।

भेनेजुएलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीहरुले हस्तक्षेप गरेको भन्दै प्रचण्डले निन्दा गरेका थिए । यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेसले प्रचण्डको अभिव्यक्तिको बिरोध गरेको हो । ‘६५ वर्ष भन्दा लामो समयदेखि नेपालको भौत्तिक विकासमा शिक्षा, स्वास्थ्य, यातायात, लगायत बिभिन्न क्षेत्रमा महत्वपूर्ण अनुदान सहयोग उपलब्ध गराइरहेको अमेरिकाको खिलापमा जसरी उहाँले सार्वजनिक रुपमा धारणा राख्नुभयो । त्यो गलत छ,’ खाँडले दोहोर्‍याए, ‘नेपालले आफ्नो राष्ट्रिय स्वार्थका लागि, जनताको हितका लागि पनि नेपालको हितमा सहयोग पुर्‍याउने राष्ट्रसँग सम्बन्ध बिगार्नु हुँदैन ।’

नेपालसँग खासै सामिप्यता र संगत नरहेको मुलुक भेनेजुयलाका कारणले अमेरिका जस्तो ठूलो शक्तिसँगको सम्बन्ध विर्गान खोन्नु दूर्भाग्यपूर्ण भएको कांग्रेस संसदीय दलको बैठकको निश्कर्ष रहेको नेता खाँडले बताए । भेनेजुयलाबारे कुनै टिप्पणी नगरी अमेरिकासँगको सम्बन्धलाई निरन्तारता दिनुपर्ने आफ्नो पार्टीको धारणा रहेको खाँड बताउँछन् ।

भेनेजुयला प्रकरणबारे कांग्रेसको धारणा के हो त ? भन्ने प्रश्नमा खाँडले भने, भेनेजुयला प्रकरणबारे कांग्रेसको धारणा के हो त रु भन्ने प्रश्नमा खाँडले भने, ‘नेपालको सडक, शिक्षा जस्ता क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको अमेरिकासँगको मित्रतालाई खण्डित नगर्नुनै राष्ट्रिय स्वार्थ रहन्छ भन्ने हाम्रो धारणा छ ।’

प्रकाशित मिति: Feb 3, 2019

प्रतिक्रिया दिनुहोस्